बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,एक घाइते

बागलुङ,८ मंसिर ।
बागलुङको बडिगाड गाउँपालिका स्थित सुरखुरेमा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा स्थानीय अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड–६ सुरखुरेमा लु १ ज ४३७० नम्बरको जिपमा सामान लोड गर्ने क्रममा अचानक गुडेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

चालक रविलाल बुढा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

You might also like