कांग्रेस सांसद मोहन पाण्डेद्धारा सपथ ग्रहण
काठमाडौं, ८ मंसिर ।
नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
सोमबार संसद भवनमा एक कार्यक्रमकाबीच पाण्डेलाई सभामुख अग्नि सापकोटाले सपथ गराउनु भएको हो ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त भएको पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।
केसीको गत कात्तिक १७ मा निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो ।