थप १९ सय ८० जनामा कोरोना संक्रमण, ३ हजार ४३ डिस्चार्ज

काठमाडौं,८ मंसिर ।
नेपालमा सोमबार थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा जम्मा १० हजार ३ सय ८१ पिसिआर परीक्षण गर्दा
१ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूबाट थप ३ हजार ४३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् भने १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म १ हजार ३ सय ३७ कोरोना संक्रमितको मृत्यु भएको छ भने २ लाख २ हजार ६७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हाल १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर ६ सय २९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

You might also like