प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा पाइलटको मृत्यु

पोखरा,८ मंसिर ।
प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा पाइलटको मृत्यु भएको छ । दुर्घटनामा यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका २८ को कालिकाका ३८ वर्षीय राजु नेपाली रहेका छन् ।

दुर्घटनामा यात्रु काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका २ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएको र उहाँलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।

श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ ।

फेवातालको सिरान खपौदी क्षेत्रमा दिउँसो १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

You might also like