ग्यास बुलेटको ठक्करबाट चितवनमा दुई जनाको मृत्यु

चितवन, ९ मंसिर ।
चितवनमा ग्यास बुलेटले मोटरसाइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षका नवराज दनै र २२ वर्षका सचिन दनै रहेका छन् ।

घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए । राति साढे ११ बजे प्रहरीले बाटो खुलाएको थियो । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

You might also like