कपिलवस्तुको गोरुसिङ्गेमा बल्कर र बस ठोकिँदा एकजनाको मृत्यु, चार घाइते

कपिलवस्तु,९ मंसिर ।
कपिलवस्तुको गोरुसिङ्गे जंगलमा भारतीय बल्कर र यात्रुबाहक बस एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दुर्घटना परि भारतको अयोध्या वस्ने वर्ष ६० को बल्कर चालक मुन्नीलाल चौहानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार ४ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गे जंगलमा मंगलवार विहान ४ बजेर ३५ मिनेटमा युपि ४२ बि टी २३९१ नम्बरको भारतीय बल्कर र ना ८ प २५२५ नम्बरको यात्रु बाहक बस ठोकिएको हो ।

घाइते हुनेमा बस चालक बाँके जिल्ला राप्ती सुनारी गाउँ पालिका ४ अगैया बस्ने वर्ष २४ को कमल परियार , सोही ठाउका अर्का बस चालक वर्ष २४ को राजु परियार, बाँके कोहलपुर नगरपालिका १० बस्ने वर्ष ३६ को सन्तोष डंगोल, जिल्ला प्युठान डुम्री बस्ने वर्ष २० को गणेश वहादुर अधिकारी रहेका छन् ।

घाइतेहरुको स्थानिय मेडिकलमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले जानकारी दिनुभयो ।

You might also like