सत्ता साझेदारीको जस्तो गम्भिर विषयमा सभापति एक्लैले निर्णय गर्न मिल्दैन ः महामन्त्री कोइराला

नवलपूर,९ मंसिर ।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सत्ता साझेदारी जस्तो गम्भिर विषयमा सभापति वा अरु पार्टीको कुनै नेता एक्लैले निर्णय गर्न नसक्ने बताउनुभएको छ ।

सत्तासझेदारी जस्तो गम्भीर बिषयको टुंगो पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।

मंगलबार नवलपरासीमा आयोजित प्रजातन्त्र सेनानी भूमिश्वर सापकोटाको शोकसभामा बोल्दै महामन्त्री कोइरालाले उक्त करा बताउनुभएको हो ।

कांग्रेसलाई अहिले सत्तामा भन्दा प्रतिपक्षमा बस्न जनताले म्याण्डेट दिएको बताउदै उहाँले सरकार विहिन अवस्थामा मात्र सत्तासाझेदारीका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्न सक्ने बताउनुभयो ।

पार्टी केन्द्रीय समितिको बैठक चाँडै बसेर पार्टीमा देखिएका समस्या समाधान गर्ने भन्दै कोइरालाले आफु काठमाडौं फर्केर अर्का महामन्त्री पूर्णबहादुर खड्कासंग कुरा गरि सहमतिको खाका तयार पार्ने समेत स्पष्ट पार्नुभयो ।

शोकसभामा सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसलाई पूर्नजागरणको आवश्यकता भएको औल्याउदै जनतासंग कांग्रेसलाई जोड्ने पुर्नजागरण आवश्यक रहेको बताउनुभयो ।

डा महतले विश्वभर पराजीत भएको कम्युनिष्टहरुले आफ्नो विचार नेपालमा लादेको तर नेपाली कांग्रेसले आफुले गरेका काम आफ्नो विचार जनतामा पुर्याउन नसकेकाले नेपालमा कम्युनिष्टहरु सत्तामा पुगेको दाबी गर्नुभयो ।

शोकसभामा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, संविधानसभा सदस्य महेन्द्रध्वज जीसी, नवलपुरका सभापति विष्णु लामिछाने, चितवन सभापति जितनारायण श्रेष्ठले प्रजातन्त्र सेनानी सापकोटाको योगदानको चर्चा गर्नुभएको थियो ।

You might also like