बैतडीमा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु,५ घाइते

बैतडी,९ मंसिर ।
बैतडीमा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो पौने २ बजे बुढ्ढा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका मृतक तथा घाइतेको पहिचान नखुलेको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।

You might also like