नेकपा कम्युनिष्ट इतिहासकै कठिन मोडमा ः महासचिब पौडेल

बिवाद उत्पन्न हुनुको कारणबारे आफु पनि अनभिज्ञ रहेको धारणा

बुटवल,९ मंसिर
सत्तारुढ दल नेकपाका महासचिब बिष्णु पौडेलले कम्युनिष्ट पार्टीको इतिहासमै कठिन मोडमा पुगेको बताउनु भयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री समेत रहेका पौडेलले नेकपा कम्युनिष्ट पार्टीको इतिहासमै कठिन मोडमा पुगेको बताउनु भयो ।
नेकपा भित्र अहिले देखिएको अन्तरबिरोध के कारणले उत्पन्न भयो भन्ने बिषयमा आफु पनि अनभिज्ञ रहेको भन्दै महासचिब पौडेलले पार्टीका जिम्मेवार नेताहरु मर्यादा बाहिर गएर आरोप–प्रत्यारोपमा उत्रिएकोमा चिन्ता व्यक्त गर्नु भयो ।
नेकपामा पार्टी एकता जोगाउने चुनौती आएको भन्दै पौडेलले आफुले अन्तिम अवस्था सम्म पनि पार्टी एकता जोगाउन पर्यत्न गर्ने बताउनु भयो ।
पार्टी भित्रको बिवाद समाधान नभए त्यसको असर नेकपामा मात्रै नभएर मुलुक र नेपाली जनतामा पनि पर्ने बताउदै उनले आरोप प्रत्यारोप छाडेर पार्टी एकता जोगाउन लाग्नुपर्नेमा जोड दिनु भयो ।
स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा जोड दिनुपर्नेमा पार्टीमा नयाँ बिवाद उत्पन्न भएको भन्दै अर्थमन्त्री पौडेलले पार्टी बिभाजन भए नेपाली जनताको समृद्धिको सपना साकार नहुने बताउनु भयो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिबीच सत्ता साझेदारीको बिषयमा कुराकानी भएको बिषयमा पत्रकारले राखेको जिज्ञासामा पौडेलले आफुले थाहा पाएसम्म प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारीको बिषयमा कुरा नभएको दाबी गर्नु भयो ।
स्पष्ट बहुमतको सुबिधा रहेका प्रधानमन्त्रीलाई बिपक्षी पार्टीसँग सत्ता साझेदारीको बिषयमा कुरा गर्नुपर्ने आवस्यकता नरहेको उनको तर्क थियो ।
प्रदेश राजधानीको सन्दर्भमा अर्थमन्त्रीसँग प्रदेशको राजधानी साटेको आरोपको बिषयमा पत्रकारहरुको जिज्ञासामा मन्त्री पौडेलले प्रदेशको राजधानी अधिकार प्राप्त प्रदेशसभाले निर्णय गरेको र त्यसमा आफ्नो कुनै भुमिका नभएको प्रष्टिकरण दिनु भयो ।
टुंगो नलाग्दासम्म सबैका आ आफ्नै बिचार र धारणा रहे पनि अधिकारप्राप्त निकायले निर्णय गरिसकेको अवस्थामा अब त्यसमा बहस गर्न जरुरी नभएको बिचार व्यक्त गर्नु भयो । उहाँले प्रदेशको राजधानी बुटवल नहुदैमा बुटवल विकासवाट पछाडी नपर्ने दावि पनि गर्नु भयो ।

You might also like