थप १ हजार ७९० जनामा कोरोना संक्रमण, २ हजार ७९१ डिस्चार्ज

बुटवल,९ मंसिर ।
नेपालमा मंगलबार थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८ सय ४३ नमुना परीक्षण गर्दा १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन भने थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा हालसम्म २ लाख ४ हजार ८ सय ५८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

हाल देशभर १७ हजार ८ सय ५९ संक्रिय संक्रमित रहेका छन् ।
देशभर हाल ६ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् ।

You might also like