बर्दिबासमा प्रहरीको गोली लागेका युवकको मृत्यु

महोत्तरी,१० मंसिर ।
बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मंगलबार बर्दिबासमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास–१ का बुद्धिराज न्यौपाने (सञ्जय) रहेका छन् ।

उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै क्रममा मंगलबार राति १ बजे मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

६ बर्षिय बालिाकाको हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो ।

बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दाहरुले दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

You might also like