ट्याक्टर दुर्घटना हुँदा पाल्पामा एकको मृत्यु, तीन घाइते

पाल्पा,१० मंसिर ।
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवामा मंगलबार राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लु ३ त ७१५६ नम्बरको ट्याक्टरका सहचालक १९ वर्षीय रमन भट्टराई रहेका छन् ।
जिल्लाको जुठापौवाको चहला भित्री कच्ची सडकमा दमारबाट माझीटोल जाँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा जुठापौवा चहलाकै १६ वर्षीय रक्षा केसी, १५ वर्षीय सविक्षा केसी र १४ वर्षीय विकास रायमाझी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।

पराल बोकेको ट्याक्टर कच्ची सडकमा अनियन्त्रित भई १० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like