अज्ञात समूहले एक्स्काभेटर जलायो

प्यूठान,१० मंसिर ।
अज्ञात समूहले मंगलबार राति रोल्पा र प्यूठानको सिमानामा पक्की पुल निर्माण गरिरहेको ठेकेदार कम्पनीको एउटा एक्स्काभेटर जलाइदिएको छ ।

आगजनीबाट आँसु निर्माण सेवा कम्पनीको २०५ नम्बरको एक्स्काभेटरमा ठूलो क्षति पुगेको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका र रोल्पाको सुनिलस्मृति गाउँपालिकाको सिमानामा पर्ने घोराखोला (घोडागाउँ जाने सडक) को पुल निर्माणको कामको लागि उक्त एक्स्काभेटर प्रयोग हुँदै आएको थियो ।

एक्स्काभेटरको सुरक्षार्थ त्यहीँ सुतेका अपरेटरलाई उक्त समूहले नियन्त्रणमा लिएर आगजनी गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि स्थानीय एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक पूर्वाधार कार्यालय रोल्पाबाट पुल निर्माणको ठेक्का लिएको निर्माण सेवाको मेसिन एक महिनादेखि घोराहखोलामा पुल निर्माणको काममा थियो ।
घटनामा संलग्न व्यक्तिको खोजतलासका लागि दुवै जिल्लाका प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

You might also like