पाल्पामा एक जना कोरोना संक्रमितको मृत्यु

पाल्पा,१० मंसिर ।
पाल्पामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्बी पाल्पाको रामपुर नगरपालिका–१० का ८४ वर्षीय पुरुष रहेका छन् ।

उनको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई लुम्बिनी मेडिकल कलेज, प्रभास ल्याइएको थियो ।

पाल्पामा कोरोना संक्रमितको संख्या एक हजार ४ सय ८४ जना पुगेका छन् । संक्रमित मध्ये एक हजार २ सय ३७ जना निको भएर घर फर्किएका छन् ।
हाल जिल्लामा २ सय २६ जना सक्रिय संक्रमित रहेका छन् ।

You might also like