दुर्घटनामा घाइते भई अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिको कोरोनाबाट मृत्यु
बुटवल,१० मंसिर ।
सडक दुर्घटनामा परी घाइते भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नवलपरासी पूर्ब जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो ।
गत कार्तिक २९ गते सडक दुर्घटनामा घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
कलेजको आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको डा. लम्सासले बताउनुभयो ।