नेपालमा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण, ३ हजार १४० डिस्चार्ज

बुटवल,१० मंसिर ।
नेपालमा बुधबार थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २ सय १० नमुना परीक्षण गर्दा १ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख ७ हजार ९ सय ९८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।

नेपालमा हाल १६ हजार ६ सय ३९ संक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर ६ सय ६९ जना क्वारेन्टिनमा रहेका छन् ।

You might also like