बुटवलको कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते

बुटवल,१० मंसिर ।

रुपन्देहीको बुटवल कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा भएको हो ।

घाइते हुनेहरुमा देवदह नगरपालिका वडा न २ का २९ बर्षीय बिपिन ज्ञवाली र देवदह १० का २१ बर्षीय सुरज सुनार रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको र दुवै जनाको अवस्था खतरामुक्त रहेको समेत प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकखण्डमा पर्ने कालिकानगर स्थित कालिका मानव ज्ञान मावि अगाडी भएको दुर्घटनामा कार क्षतविक्षत भएको छ ।

दुर्घटनाको कारण थाहा नभए पनि कारको गती तिब्र भएका कारण अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

You might also like