बुटवलमा थप एक कोरोना संक्रमित बृद्धाको मृत्यु
बुटवल,११ मंसिर ।
बुटवलमा बिहीबार थप एक जना कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेकी छन् ।
उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
गत कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान २ बजेर ४३ मिनेटमा मृत्यु भएको हो । मृतकमा मधुमेह र निमोनियाको समस्या रहेको गौतमले बताउनुभयो ।