कोरोना संक्रमित योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन
चितवन,११ मंसिर ।
कोरोना भाइरस संक्रमित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।
शाक्यकोे नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे निधन भएको हो ।
२०७० सालमा योजना आयोगको उपाध्यक्ष भएका शाक्य दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुनुहुन्थ्यो ।