विकासको होइन, राजधानीसँग मन्त्रीपद साटेकोमा पौडेलको विरोध ः नेविसंघ÷तरुणदल

पौडेलद्धारा शिलन्यास र उद्घाटन गरेका कतिपय योजना कांग्रेसलेनै अगाडी सारेका योजना भएको दाबी
बुटवल, ११ मंसिर ।
नेपाल तरुण दल र नपाल विद्यार्थी संघले विकास निर्माणको नभएर अर्थ मन्त्री संग प्रदेशको राजधानी साटेकोमा अर्थ मन्त्री विष्णु पौडेलको बिरोध गरेको जनाएको छ ।

तरुण दलका जिल्ला सभापती सोम वहादुर गुरुङ र नेविसघका केन्द्रिय उपसभापती मुक्ति पौडेलले संयुक्त विज्ञप्ती जारी गरी रुपन्देही क्षेत्र न २ का सांसद विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङ सार्न सहमति जनाउदै अर्थ मन्त्रीसंग साटेको विषयमा नेपाल तरुण दल र नपाल विद्यार्थी संघले बुधबार बुटवलमा विरोध प्रर्दशन गरेको स्पष्ट पारेको हो ।

शान्तिपुर्ण विराध प्रर्दशन गर्न पाउने हक अधिकार माथी धावा वोल्दै नेकपाले वक्तव्यवाजी गरेकोमा तरुण दल र नेविसंघले दुंख व्यक्त गरेका छन् ।

विरोध स्वरुप शान्ति पुर्ण ढंगले अर्थ मन्त्री विष्णु पौडेललाई बुटवलको तिनाउ पुल नजिकै कालो झण्डा देखाएको विषयमा नेकपा रुपन्देहीले आपत्ती जनाएको विषयप्रति आफुहरुको गंभिर ध्यानाकषर्ण भएको छ नेविसंघ र तरुण दलले जनाएको छ ।

आफुहरु विकास विरोधी नभएको भन्दै विज्ञप्तिमा अर्थ मन्त्री पौडेलले गरेका उद्घाटन र शिलन्यासका योजनाहरु विगतमा नेपाली कांग्रेसकै नेतृत्वमा अघि बढेको पनि उल्लेख गरिएको छ ।

विकास निमार्णका सवालमा आफुहरु र आफ्नो पार्टि सधै साथमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा राजधानीको विषयमा यस क्षेत्रको जनप्रतिनिधिको भुमिका आपत्तीजनक भएकोले त्यसको विरोध गरेको र त्यसको आगामी दिनमा पनि विरोध कायमै रहने जनाइएको छ ।

You might also like