नेपालमा थप १ हजार ६१४ जनामा कोरोना संक्रमण, १ हजार ४३७ डिस्चार्ज

बुटवल,११ मंसिर ।
नेपालमा बिहीबार थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ४ सय ९१ जनाको पिसीआर परीक्षण गर्दा दा १ हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख ९ हजार ४ सय ३५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

हाल देशभर १६ हजार ७ सय ९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको छ ।

हाल देशभर ६ सय ८० जना क्वारेन्टाइनमा रहेका छन् ।

You might also like