गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

बुटवल,१२ मंसिर ।
गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा–४ हुलबाट तम्घास तर्फ जादै गरेको लु १ज ११६६ नम्बरको जिप सडकबाट खसेर दुर्घटना भएको हो ।

जिपमा सवार तीन पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको इस्मा प्रहरी चौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी एक जना बेपत्ता छन् भने अर्का एक जना घाइते भएका छन् । मृतकहरूको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

You might also like