गुल्मी जिप दुर्घटना ः मृतक पाँच जनाकै सनाखत
बुटवल,१२ मंसिर ।
गुल्मीको इस्मामा जिप र्दुटनामा परी मृत्यु भएका पाँच जनाकै पहिचान खुलेको छ ।
दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको इस्मा प्रहरी चौकीले जनाएको छ ।
जिपमा सवार इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
जीपमा चालकसहित ९ जना रहेका थिए ।
शुक्रबार बिहान इस्माबाट तम्घास जादै गरेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो ।