गुल्मी दुर्घटना अपडेट ः मृतकको संख्या ६ पुग्यो

बुटवल,१२ मंसिर ।
गुल्मीको इस्मामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनको जिल्ला अस्पताल गुल्मीमा उपचारका क्रममा बिहान ९ः५५ मा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

इस्मा–४ हुलबाट तम्घास जादै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा घाइते भएकी २८ वर्षीया सरस्वती दर्लामीको तम्घास स्थित गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चालक बुद्ध बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ ।

जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए ।

You might also like