बालिका हत्या प्रकरण ः बर्दिवास घटनाको विरोधमा गौशाला बजार बन्द

महोत्तरी,१२ मंसिर ।
बालिका हत्याको बिरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएपछि थप आक्रोसित भएका स्थानीयहरुको प्रदर्शन अझै जारी रहेको छ ।
घटनाको बिरोधमा महोत्तरीको बर्दिवास घटनाको विरोधमा आज गौशाला बजार बन्द गरिएको छ ।

गौशाला उद्योग वाणिज्य संघले बिहानैदेखि बजार बन्द गरेको हो । बर्दिवास नगरपालिका १४ बाट बेपत्ता पारेर हत्या गरिएकी बालिका र प्रहरीको गोली लागि ज्यान गुमाएका संजय न्यौपानेको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरिएको छ ।

बेलुका ५ बजे गौशाला बजारमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतोले जानकारी दिनुभयो ।

गएको सोमबार बालिका मृत भेटिएको बिरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बर्दिवासका संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएपछि बर्दिबास थप तनावग्रस्त बनेको थियो ।

घटनापछि बर्दिवाससहित जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन हुँदै आएको छ ।

You might also like