भैरहवामा थप एक जना कोरोना संक्रमितको मृत्यु
बुटवल,१२ मंसिर ।
रुपन्देहीको भैरहवा स्थित भीम अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिला रहेकी छन् ।
बिहीबार राति १२ बजे अस्पताल लगिएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको र राति १२ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिनुभयो ।