नेपाल–भारतबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक ः विदेश सचिव श्रृंगला
काठमाडौं,१२ मंसिर ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारतबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताउनु भएको छ ।
उहाँले नेपाल र भारत सँगसँगै काम गर्न आवश्यक रहेकोमा समेत जोड दिनुभयो ।
एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सद्धारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रृंगलाले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताउनुभएको हो ।
कोरोना महामारीमा पनि दुवै देश सँगसँगै रहेको भन्दै विदेश सचिव श्रृंगलाले कोरोना बिरुद्धको लडाई मिलेर लड्नुपर्ने आवस्यकता औल्याउनुभयो ।
भारतले कोरोना खोपका लागि काम गरिरहेको जानकारी गराउदै उहाँले नेपालको आवश्यकता पूरा गर्ने भारतको प्राथमिकता हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।