थप १ हजार ७०३ जनामा कोरोना संक्रमण, १ हजार २३६ डिस्चार्ज

बुटवल,१२ मंसिर ।
नेपालमा शुक्रबार थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ३६ कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख ९ हजार ४ सय ३५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल १७ हजार ३ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

You might also like