लुम्बिनी प्रदेशमा थप २२२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २३ हजार ३५० पुग्यो

बुटवल,१२ मंसिर ।
लुम्बिनी प्रदेशमा शुक्रबार थप २ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार लुम्बिनी प्रदेशका जिल्लाहरुमध्ये रुपन्देहीमा सबैभन्दा धेरै ७० जना,दाङका ४५ जना,बाँकेका २६ जना,बर्दीयाका २३ जना,पाल्पाका १७ जना,नवलपरासी पश्चिमका १४ जना,गुल्मी र कपिलवस्तुका ११÷११ जना,प्युठानका ३ जना,रोल्पाका २ जना र अर्घाखाँचीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशमा हालसम्म २० हजार ३ सय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन भने २ सय ७७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

हाल प्रदेशभर २ हजार ५ सय १ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

You might also like