चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउने

काठमाडौँ,१३ मंसिर ।
चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे आइतबार काठमाडौं आउने भएका छन् ।

एकदिने भ्रमणको व्यस्त तालिका लिएर नेपाल आउन लागेका फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्हेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयद्धारा शनिबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउन लागेका रक्षामन्त्री फेङ्हेले चिनियाँ दूतावासद्वारा आयोजना हुने द्विदेशीय सहयोग–समन्वयको बृहत् कार्यक्रममा सहभागिता जनाउने भएका छन् । फेङ्हे आइतबार अपराह्न काठमाडौंबाट ढाकाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

You might also like