रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल,१३ मंसिर ।
रुपन्देहीको बुटवलमा रुपन्देही र कपिलवस्तुका गरी थप कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुष रहेका छन् ।

उनिहरुको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति ११ः२५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।

यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको शुक्रबार राति १०ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले बताउनुभयो । उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।

You might also like