सरकार आफै भ्रष्टाचारमा संलग्न भएकाले भ्रष्टाचारीलाई कारबाही भएन ः लेखा समिति सभापति शाह

बुटवल,१३ मंसिर ।
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचारीलाई कारबाही नभएको आरोप लगाउनु भएको छ ।

शनिबार बुटवलमा पत्रकारहरुसँगको साक्षात्कारमा नेता शाहले भ्रष्टाचार र सत्तारुढ दलभित्रको झगडाले देश बर्बाद हुने स्थितिमा पुगेको बताउनुभयो ।

सबै खरिद प्रक्रियामा सरकारले भ्रष्टाचार गरेको भन्दै शाहले स्वास्थ्य सामग्री खरिद, वाइड बडी जहाज र सेक्युरिटी प्रेस किन्न खोज्दा भ्रष्टाचार भएको दाबी गर्नुभयो ।

सार्वजनिक लेखा समितिमा परेका उजुरीका आधारमा आफूहरुले छानविन गरेपनि कारबाही हुन नसकेको हाहको भनाई थियो ।

नेकपा भित्रको बिवाद सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा विवाद भएको टिप्पणी गर्नुभयो ।

You might also like