राजावादीहरुद्धारा नेपालगन्जमा बृहद प्रदर्शन,राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग

नेपालगन्ज,१३ मंसिर ।
बाँकेको नेपालगन्जमा राजावादीहरुद्धारा राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् ।

हिन्दु राष्ट्रवादीको आयोजनामा भएको प्रदर्शनमा हजारौंको सहभागिता रहेको थियो ।
बाँकेको कोहलपुरबाट सुरु भएको मोटरसाईलक र्याली नेपालगन्जको बागेश्वरी मन्दिर, न्युरोड, पुष्पलाल चोक, सुर्खेतरोड़को वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक, सदरलाइन हुँदै धम्बोझी चोकसम्म परिक्रमा गरेको थियो ।

नेपालको राष्ट्रिय झन्डासहित र्यालीमा सहभागी भएका युवाहरुले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा र गणन्त्रको बिरोधमा नारा लगाएका थिए ।

गणतान्त्रिक व्यवस्थाले देशलाई भ्रष्टाचारको दलदलमा पु¥याएको भन्दै उनीहरुले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नारा लगाएका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा आन्तरिक बिवाद बढिरहेको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरुमा बिवाद चर्कीरहेका बेला राजावादीहरुले देशका मुख्य मुख्य शहरहरुमा गणतन्त्रको बिरोध र राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका हुन् ।

मुलुकमा भ्रष्टाचार र बेथिति बढिरहेका बेला राजावादीहरुको देशव्यापी प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

You might also like