नेकपा सचिवालय बैठक १६ गते पुन ःबस्ने,दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरिने

काठमाडौँ,१३ मंसिर ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठक १६ गते पुनः बस्ने गरी सकिएको छ ।

आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नुभएको थियो ।

दुवै अध्यक्षले पेस गरेका प्रस्तावको अध्ययन गरी १६ गते छलफल गर्नेगरी आजको बैठक सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि बताउनुभयो ।

आगामी बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल हुने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्ताव कुण्ठा र कृत्रिम आरोपको संगालो भएको जनाउनु भएको छ ।

ओलीले पेस गरेको लिखित जवाफमा दाहालले वितरण गरेको ’प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर संकट निम्त्याएको उल्लेख गरिएको छ ।

You might also like