थप १३८० जनामा कोरोना संक्रमण, ५१५ जना डिस्चार्ज

बुटवल,१३ मंसिर ।
नेपालमा शनिबार थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ३ सय ६८ पीसीआर परिक्षण गर्दा १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५ सय १५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित भएर निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल १८ हजार ८३ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् ।
हाल देशभर ६ सय १८ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म १७ लाख १९ हजार ८ सय २८ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

You might also like