आजदेखि बुटवल–पाल्पा सडक दैनिक ४ घण्टा बन्द

बुटवल,१४ मंसिर ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आइतबार (आज) देखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी पाँच दिनका लागि दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द रहने सडक डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिनुभयो ।

You might also like