२४ घण्टामा १२५५ जनामा कोरोना संक्रमण, २ लाख ३१ हजार ९७८ पुगे संक्रमित
बुटवल,१४ मंसिर ।
नेपालमा आ्रइतबार थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा १ हजार २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।
नेपालमा हाल १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरबाट थप १ हजार ४ सय ४ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
यससँगै नेपालमा कुल निको हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
हाल देशभर ६ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।