संघीयताका बिरुद्व राजमोद्वारा देश विदेमा सभा

बुटवल, १४ मंसिर ।
संघीयताको बिपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले आइतबार देशभर संघीयताको बिरोधमा सभाहरु गरेको छ ।
राष्टिय जनमोर्चाले रुपन्देहीको बुटवलमा पनि संघीयताको बिरुद्व बिरोध सभा गरेको छ ।

संघीयता र भ्रष्टाचारका बिरुद्व आयोजना गरिएको सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले संघीयताका कारण नेपालको अवस्था कमजोर भैसकेको बताउदै प्रदेश खारेज गरी प्रदेश चलाउने खर्च शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने बताउनुभयो ।

नेपालको भौगोलिक, आर्थिक र सामाजिक अवस्थाले संघीयता थेग्नै नसक्ने भन्दै नेता केसीले.बलियो केन्द्रीय सरकार र अधिकार सम्पन्न स्थानीय सरकार भएपछि नेपालको लागि प्रदेश आवस्यक नभएको तर्क गर्नुभयो ।

भारतको ग्राइन डिजाइन र युरोपिएन युनियनको स्वार्थमा ल्याइएको संघीयता समयमा खारेज गर्न नसकिए भविष्यमा संघीयताले नेपालनै खारेज गर्न सक्ने नेता केसीको भनाई थियो ।

सरकारले जनताका आधारभूत समस्याहरु समाधान गर्न नसकेको बताउंदै उहाँले मुलुकमा हत्या, हिंसा, राष्ट्रघात, भ्रष्टाचार र अत्याचार बढेको दाबी गर्नुभयो ।

वर्तमान सरकार कम्युनिष्टको सरकार नभएको दावी गर्दै उहाँले सत्तारुढ नेकपाले कम्युनिष्टको नाममा कम्युनिष्टको बदनाम गरेको आरोप लगाउनुभयो ।
ले संघीयताले जनतामा निरासा छाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा रुपन्देही उपाध्यक्ष इन्द्रिरा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका रुपन्देही अध्यक्ष बद्रे आलम,सचिव टानबहादुर केसी, अखिल नेपाल किसान महासंघ रुपन्देही अध्यक्ष गणेश गौतम,अखिल नेपाल महिला संघकी लक्ष्मी कुवंर र अखिल छैठौ रुपन्देही अध्यक्ष सरोजमान सिंह लगायतले संघीयताविरुद्धको संघर्षप्रति ऐक्यवद्धता जनाउन सबैलाई आग्रह गर्नुभयो ।

संघीयता, राष्ट्रघात, भ्रष्टाचारको बिरुद्व, गणतन्त्रको पक्षमा आन्दोलनरत राष्ट्रिय जनमोर्चाको आह्वानमा देशका ७७ वटै जिल्ला, भारत लगायत अन्य देशहरुमा आइतबार संघीयताको बिरोध गरेको सो पार्टीले जनाएको छ ।

You might also like