बुटवलमा कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल,१६ मंसिर ।
बुटवलमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिला रहेकी छन् ।

उनको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा गयराती मृत्यु भएको हो ।

मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनु भयो ।

कोरोना संक्रमण पुष्टी भएपछि दुई दिनसम्म उनी होम आइसोलेसनमै बसेकी उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि मंसिर १५ गते अस्पताल भर्ना गरिएको थियो ।
यससँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

You might also like