बुटवलमा दाङकी एक कोरोना संक्रमित महिलाको मृत्यु
बुटवल,१६ मंसिर ।
बुटवलमा दाङका एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको तुलसिपुर उपमहानगरपालिका ५ का ५५ वर्षीया महिला रहेकी छन् ।
उनको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज बिहान ८ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर १४ गते बुटवल ल्याईएको थियो ।
सोही दिन कोरोना बिशेष अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा बिहान ८ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
बुटवल स्थित कोरोना विशेष अस्पतालमा सोमबार राती पनि कपिलवस्तुकी एक महिलाको मृत्यु भएको थियो ।