भैरहवामा गुल्मीका एक कोरोना संक्रमित बृद्धको मृत्यु

बुटवल,१६ मंसिर ।
रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा थप एकजना कोरोना संक्रमीत बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–३ का ९८ वर्षीय पुरुष रहेका छन् ।

उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा सोमबार मध्येराति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिनुभयो ।

मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई मंसिर १२ गते भीम अस्पतालमा भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

You might also like