काठमाडौं जिल्ला प्रशासनद्धारा सभा जुलुस नगर्न अनुरोध,गरे कार्बाही हुने

काठमाडौं,१६ मंसिर ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सभा तथा जुलुस नगर्न अनुरोध गरेको छ ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गरी प्रशासन कार्यालयले त्यस्ता गतिविधिले संक्रमण भयावह बनाउने भन्दै सभा तथा जुलुस नगर्न अनुरोध गरेको हो ।

’पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरीत हुने भएकाले त्यस्ता भीडभाडजन्य गतिविधिहरु नगर्न÷नगराउन साथै महामारी रोकथाममा सहयोग पु¥याउनुहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

उल्लेखित क्रियाकलाप गरे÷गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने समेत प्रशासन कार्यालयले जनाएको छ ।

विज्ञप्तिमा कोरोना विपद्को अवस्थामा सरकारले तोकेको निर्देशनको पालना गर्नु÷गराउनु प्रत्येक नागरिकको दायित्व हुने स्मरण गराइएको छ ।

You might also like