पछिल्लो २४ घण्टामा ८५८३ नमुना परीक्षण गर्दा १३०४ जनामा कोरोना संक्रमण

काठमाडौं,१६ मंसिर ।
नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुष गरी १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट थप २ हजार ७३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
यससँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १५२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ५ सय २९ जना संक्रमितको मृत्यु भइसकेको छ ।
हाल देशभर १६ हजार ६ सय ३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

You might also like