पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु
बुटवल,१७ मंसिर ।
पाल्पामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुष रहेका छन् ।
उनिहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएका पाल्पाका पुरुष १४ गते अस्पताल भर्ना भएका थिए ।
मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।