पाँचथरमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु,२ जना गम्भीर घाइते
फिदिम,१७ मंसिर ।
पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शंकर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा परी धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगर गम्भीर घाइते भएका छन् ।
घाइतेको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनु भयो ।
स्वच्छन्द कन्काई निर्माण सेवाको बा १९च ५७३६ नंको डबल क्याप पिकअप गाडी फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।