बाँकेमा दाङका एक कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल,१७ मंसिर ।
बाँकेमा दाङका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुष रहेका छन् ।
उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपूरमा बुधबार बिहान करिब ५ बजेतिर मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी यही मंसिर ६ गते प्रिआइसोलेसनमा भर्ना भएका थिए । कोरोना जाँचका क्रममा ७ गते रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड–१९ आइसोलेसनमा भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको थियो तर बचाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

You might also like