बुटवलमा लरीले स्कुटलाई ठक्कर दिदा स्कुटर चालक बुटवल ८ का भरत शर्माको निधन

बुटवल १७ मंसिर
बुटवलको अस्पताल लाईनमा बुधवार विहान पौने १२ वजे लरीले स्कुटलाई ठक्कर दिदा स्कुटर चालक बुटवल ८ का वर्ष ४९ को भरत शर्माको निधन भएको छ । ना ७ ख १३३९ नम्बरको लरीले लु ४९प २५२ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक शर्मा घाईते हुनु भएको थियो ।
घाईते शर्मालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुराउदाँ वितिकै निधन भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौरले बताउनु भयो । लरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुटवलको पाल्पा रोडवाट चौराहातर्फ जादै गरेको स्कुटरलाई सोही दिशातर्फ जादै गरेको लरीले अस्पताल लाईनमा ठक्कर दिएको हो ।

You might also like