थप १४९० जनामा कोरोना संक्रमण,१५६७ डिस्चार्ज

काठमाडौं,१७ मंसिर ।
नेपालमा बुधबार थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ८ हजार ३ सय पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २ सय ४६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख १८ हजार १६१ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।

हाल देशभर १६ हजार ५ सय ४७ सक्रिय संक्रमित रहेका छन् ।
देशभर हाल ६ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।

You might also like