अपाङ्गता दिवसमा शान्ति समाजद्वारा दृष्टिबिहीन तथा अनाथ आश्रममा सहयोग

बुटवल,१८ मंसिर ।
अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवसको अबसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवल १५ मा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा सेतो छडी तथा खाद्यान्न बितरण गरेको छ ।

शान्ति समाजले बिहिबार एक कार्यक्रमका बिच बुटवल १५ मा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा सो सामग्री हस्तान्तरण गरेको हो ।

जिल्ला सभापति डीपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले फरक क्षमता भएका ब्याक्तिहरुलाई माया,सम्मान र अवसरको खाँचो रहेको भन्दै उनिहरुको उचित ब्यबस्थापनबाट नेपालका ३ वटै सरकार पन्छिएको आरोप लगाउनु भयो ।

अपाङ्गता भएकाहरुको चौतर्फी बिकासको पुर्ण जिम्मेवारी राज्यको दायित्व भएको भन्दै उहाँले यस विषयमा सरकार उदासीन भएको बताउनु भयो ।
सो अबसरमा बोल्दै शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनीले समाजसेवानै प्रमुख धर्म भएको बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा आश्रमका फरक क्षमता भएका ५ जनालाइ सेतो छडी साथै दैनिक उपभोग्य सामाग्री दाल,तरकारी, चामल लगायतका खाद्यान्न हस्तान्तरण गरिएको रुपन्देही सभापति डीपी खनालले जानकारी दिनु भयो ।

२९ जना आश्रित सो आश्रम संचालनका लागि मासिक ६ हजार भाडा तिर्नुपरेको लुम्बिनी अपाङ्ग दृश्टिबिहीन तथा अनाथ आश्रमका अध्यक्ष मिराकुमारी खड्काले बताउनु भयो ।

You might also like