रुपन्देहीको देवदहमा यात्रुबाहक वस दुर्घटना हुँदा १५ यात्रु घाइते

बुटवल,१८ मंसिर ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको देवदह नगरपालिका वडा नं १० स्थित चराङ्गे चोकमा एक यात्रुबाहक वस पल्टिदा १५ जना यात्रु घाइते भएका छन् ।

दाङ वाट नारायणगढ तर्फ जादै गरेको प्रदेश ३–०३–००१ ख ००५९ नं को वस को वस बिहीबार दिउसो १ बजे दुर्घटना हुदा वसमा सवार १५ जनाघाइते भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परी घाइतेहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र चालक प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा जिल्ला कपिलवस्तु तौलिहवा २ वस्ने वर्ष ४९ कि सीता श्रेष्ठ,जिल्ला दाङ तुल्सिपुर उप महा न पा १८ वस्ने वर्ष १८ कि आरति वि क, सोही ठाउँ वस्ने वर्ष २ कि अस्मिता वि क, वर्ष ६ कि विमला वि क, वर्ष २४ को सुभाष वि क, वर्ष २२ कि सरसता वि क, वर्ष २२ को रामचन्द्र नेपाली, वर्ष २० कि राधा घिमिरे,जिल्ला रुपन्देही बुटवलकी वर्ष ४७ कि मिरा श्रेष्ठ, सोही ठाउँ बस्ने वर्ष २० कि रक्षा श्रेष्ठ,बर्ष २४ कि मुना पाण्डे,जिल्ला नवलपरासि कावासोती न पा ३ वस्ने वर्ष ४२ को तिलक कुवर, जिल्ला चितवन मंगलापुर न पा १६ वस्ने वर्ष २३ का रिशन गुरुङ, जिल्ला रुपन्देही सैनामैना ११ वस्ने वर्ष ३५ कि गंगा थारु र जिल्ला कपिलवस्तु गझेडा वस्ने वर्ष ४७ कि शुत्रजिया थारु रहेका छन् ।
वसको टायरको रड भाचिन गई वस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसैबीच सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा नगरपालिका वडा नं १ स्थित नयाँमिल बाट पुरानो सडक तर्फ जादै गरेको लु ३१ प ७४३ नं को मोटरसाइकललाई भलवारि वाट बुटवल तर्फ आउदै गरेको बा ९० प ६१५२ नं को मोटरसाइकलले ठक्कर दिदा लु ३१ प ७४३ नं को मोटरसाइकल चालक बुटवल ११ बस्ने जनक परियार घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको क्रिमसन अस्पताल मणिग्राम उपचार भैरहेको छ ।

ठक्कर दिने बा ९० प ६१५२ नं को मोटरसाइकल चालक र दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

You might also like